संसदमा कर्णको हिन्दीमा भाषण 'निर्वाचनका जितना सकेंगे उतना विरोध करेंगे' (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 12:07:45 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिस्कार गरेको छ । सभामुखले संसद्को काम कारबाही सुरु भएको घोषणा गर्ना साथ मोर्चाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सद्‍भावना पार्टीका लक्ष्मणलाल कर्णलाई बोल्न समय दिईन ।

कर्णले हिन्दीमा आफ्नो भनाई राख्दै आफुहरुले भिख नमागेको भन्दै आफ्नो मागहरु पुरा हुनु पर्ने बताए । उनले कहिँ कतै टाउको र छातीमा गोली हान्न नलेखेको तर सरकारले भने गोली हान्नलाई मधेशीको टाउको र छाती मात्र देखेको भन्दै विरोध गरे । उनले  ५ जनालाई छाती र टाउकोमा गोली हानेर मारिँदा सरकारमा नयाँ मन्त्रीहरु थपिएको भन्दै व्यङ्ग्य गरे।

उनले भनाई राखे लगत्तै मोर्चाका सांसदहरुले उठेर नाराबाजी गर्दै बैठक बहिस्कार गरेका थिए ।

हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved