लक्ष्मी बैंकले पायो शतप्रतिशत हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 12:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ ।  बोर्डले बैंकलाई १:१ को अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक चयन भई सकेको छ  । 

बैंकले  तीन करोड १५ लाख ९० हजार तीन सय चार कित्ता सेयर निष्काशन गर्न लागेको हो । लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंक एक्वायर गरेर माघ २ देखि एकिकृत कारोबार गरिरहेको छ  ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ ।  शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब नाघ्ने छ । 

बैंकले गत वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । यो बोनस हकप्रद भर्नेले पनि प्राप्त गर्ने हुनाले बास्तबिक बोनस दर १८.२९५ हुने छ । बोनस वितरण पछि बैंकको चुक्तापुंजी ७ अर्ब ४५ करोडको हाराहारीमा पुग्ने  छ ।

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved