प्रधानमन्त्रीलाई भेटेर पुन मधेश फर्किएका ओलीले बाँकेमा यसरी पोखे आफ्नो आक्रोश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 01:40:23 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीको मेची महाकाली अभियानलाई छोडेर सोमबार काठमाडौँ आएका थिए । प्रधानमन्त्रीले बोलाएपछि ओलीले कपिलवस्तुको जितपुर र दाङका महत्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने अवसर गुमाए ।

प्रधानमन्त्रीसंग छलफल गरेपछि ओली पुन: अभियान मै फर्किए । सानो कारणले काठमाडौँ बोलाएको ओली अशन्तुष्ट भएको हुनु पर्छ, उनले बाँकेमा मंगलबार आयोजित सभामा कडा भाषण गरे । 

उनले मधेशमा मधेशी मोर्चा रहेसम्म मधेशका समस्या समाधान नहुने ठोकुवा गरे । उनले मधेशी नेताहरु अवसर पाए आफु मन्त्री बन्ने र आफु आफु हारे श्रीमतीलाई मन्त्री बनाउने गरेको भन्दै व्यंग गरे ।

उनले मधेशी प्रति नै आक्रोशित हुदै उनले प्रश्न गरे 'भत्ता लिने बेलामा र मत गर्ने बेलामा सविधान मान्ने र अरुबेला चै नमान्ने भन्न मिल्छ' ?

हेर्नुस उनले आफ्नो सम्बोधनमा व्यक्त गरेका भनाई : 

- देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम छ । तिनै नीतिहरुका कारण आज एमाले लोकप्रिय बनेको छ । 
-   राजनीतिमा पक्ष, विपक्ष हुन्छन्, मतभिन्नता हुन्छन् । तर, त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई छैन । संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको छ । यो एमालेमाथिको मात्र आक्रमण होइन, लोकतन्त्र र संविधानमाथिको. आक्रमण हो ।
- एमालेलाई काला झण्डा हेर्ने फुर्सत छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ । केही तत्वहरु देशलाई जात, भूगोल रधर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ ।
- हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गरयो । त्यही भएर कतिपयलाई छटपटी भएको छ ।
-  मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन् । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । 
- केपी ओलीले हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफै्रँ गएकै छन् । 
-संविधानले कुनै भेदभाव गरेको छैन । संविधान बनाउने बेलामा विरोधमा उत्रिएकाले तिनीहरुलाई कुरा थाहा छैन होला, पढेर बताइदिए हुन्छ, कहाँ भयो भेदभाव ? भेदभावको हल्ला चलाएर संविधान मान्न सकिन्न भन्ने तर एमालेका विरुद्धमा मत हाल्न लागि ०७२ असोज २४गते कुदेर आए, फेरि ०७३ साउन १९ गते कुदेर आए । भत्ता खाने बेलामा संविधान मान्ने, मत हाल्ने बेलामा मान्ने, अरु समयमा मान्दिनँ भन्न मिल्छ ?  
- हामी मुलुकलाई आत्मनिर्भर बनाउन चाहन्छौँ । खाद्यान्न, लत्ताकपडा जस्ता वस्तुमा आत्मनिर्भर हुनका लागि हामीले योजना अघि सारेका थियौँ । त्यो काम हामी गर्छौं, केही समय लाग्छ । कृषिमा आधुनिकीकरण, विशेष क्षेत्रको व्यवस्था, मत्स्यपालन, तरकारी खेती, औद्योगीकरण जस्ता काममा हाम्रो ध्यान छ । 
- मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको छ । यसले मधेसमा अशान्ति मात्रै ल्याएको छ । म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् ।  
 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved