एमाले जनताको मनमा छ,  एटम बम प्रहार गरेपनि समाप्त हुदैन : उपाध्यक्ष गौतम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 02:35:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एटम बम प्रहार गरेपनि एमाले समाप्त नहुने बताएका छन्  । एमालेको मेची महाकाली राष्ट्रिय अभियानको क्रममा बाँकेको नेपालगंजमा आयोजीत आम साभालाई सम्बोधन गर्दै उनले राजविराममा पेट्रोल बम प्रहार गरेर एमालेको नेतृत्वलाई समाप्त पार्न खोजिएको भन्दै एटम बम हाने पनि एमाले समाप्त नहुने बताएका  हुन् । 

उनले मोर्चाप्रति आकोर्ष पोख्दै भने 'मेचीदेखि महाकालीसम्मको क्षेत्र हामीलाई चाहियो भन्ने मधेसी नेताहरुको माग छ । के यो तिमीहरुको जमिन्दारी हो ? यहाँका जनताको माग त्यो छैन, हामी त्यस्तो हुन दिँदैनौँ । '

सम्बोधनका क्रममा उनले मधेसी मोर्चा नामको विखण्डनकारी तत्वले सामाजिक सद्भाव भड्काउन खोजेका चर्चा गर्दै त्यसका विरुद्ध जनताबीच एकता हुनुपर्ने बताए । एमालेले सरकारमा पुगेर राम्रो काम गर्न थालेपछि विपक्षीको सातो जाने गरेको उनले बताए। 

हेर्नुस उनको सम्बोधनको प्रमुख सार : 

-  मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।
- आर्थिक केन्द्रहरुलाई अलग गरेर पाँच नम्बर टुक्र्याउने कुरामा षड्यन्त्र जोडिएको छ । मध्यपश्चिम क्षेत्रलाई तराईसँग नजोडेर हामीले गल्ती गरेका र्छाँ । दुई नम्बरमा पनि गल्ती भएको छ । एमालेले बहुमत पाएपछि त्यो गल्ती सच्याउँछौँ । हरेक प्रदेशलाई पहाड र मधेससँग जोड्छौँ । मधेसीका नाममा जे तिमीहरुले चाहेका छैनौ, हामी त्यहीँ गर्छौं । 
-  मेचीदेखि महाकालीसम्मको क्षेत्र हामीलाई चाहियो भन्ने मधेसी नेताहरुको माग छ । के यो तिमीहरुको जमिन्दारी हो ? यहाँका जनताको माग त्यो छैन, हामी त्यस्तो हुन दिँदैनौँ । 
- १ सय २३ भाषाभाषीहरुका बीचमा सम्पर्क भाषाका रुपमा नेपाली रहँदारहँदै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ भनेर प्रस्ताव ल्याइएको छ । यसले नेपाली भाषालाई होइन, मैथिली, भोजपुरी, थारु जस्ता भाषालाई विस्थापित गर्छ । हामी त्यस्तो राष्टघाती प्रस्तावलाई कुनै हालतमा सफल हुन दिन्नौँ ।
-  राजविराममा पेट्रोल बम प्रहा। गरेर एमालेको नेतृत्वलाई समाप्त पार्न खोजियो । त्यस्तो गर्न चाहनेहरुलाई रोकेवापत प्रहरीहरुलाई कारवाही गरियो । एमालले जनताको मनमा छ । त्यसैले पेट्रोल बम त के एटम बम हाने पनि एमाले समाप्त हुँदैन । 
-मनमोहन अधिकारीको सरकारले एक सय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो । अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ । 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved