सरकारलाई दिएको समर्थन फिर्ता लिएको मोर्चाको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 12:08:33 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले   मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।  उनले त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन्। 

यादवले वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको बताए । उनले स्थानीय तहको निर्वाचन घोषणा संविधान विपरीत भएको दाबी गरे ।   उनले आयोगको प्रतिवेदनसमेत अपुरो रहेको अवस्थामा स्थानीय तहको निर्वाचन घोषणा गर्नु संविधान विपरित भएको बताए ।  

उक्त घोषणा सहित मोर्चाले आजको बैठक पनि बहिस्कार गरेको छ  ।  मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४० जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved