अवस्था गभ्भीर बनेपछि पूर्व उपप्रधानमन्त्री अधिकारीलाई थाइल्याण्ड लगियो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 01:12:05 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता भरतमोहन अघिकारीलाई उपचारको लागि थाइल्याण्ड लागिएको छ  ।   

दिशा र पिसावसम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि थाइल्याण्ड लागिएको अधिकारीको सचिवालयले जनाएको छ । बिगत एक सातादेखि उनको  बयोधा अस्पतालको आइसियुमा उपचार भई रहेको थियो । त्यस अघि उनी कान्तिपुर अस्पताल भर्ना भएका थिए ।  

उनको आन्द्रा र युरिनरी सिस्टममा गम्भीर समस्या देखिएकाले अस्पतालको सल्लाहमा उनलाई थाइल्याण्ड लगिएको बताइएको छ । उनको थाइल्याण्डको भेजथानी अस्पतालमा उपचार हुनेछ ।  

 ८० बर्षीय अधिकारी लामो समयदेखि मुटु र दम रोगबाट समेत पीडित छन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अधिकारीले उपप्रधान सहित अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हालेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved