वर्तमान सरकार देशलाई बोझ बनेको छ : पुर्व प्रधानमन्त्री खनाल 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 02:34:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार देशलाई बोझ बनेको बताएका छन् । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज टिकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले सुशासन दिन नसकेको , विकासलाई अघि बढाउन नसकेको आरोप लगाउदै सरकार देशलाई बोझ बनेको बताएका हुन् । 

उनले एकताबद्ध भएर राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको र त्यो काम एमालेले मात्र गर्न सक्ने दाबी गरे । उनले गरिबी, बेरोजगारी, अभाव, विभेद र अविकास हटाउने काम एमालेले मात्र गर्न सक्ने पनि दाबी गरे ।

हेर्नुस उनले ब्यज्त गरेका भनाईको सार : 


 -मधेसी मोर्चाले हामीलाई जुलुश र सभा गर्न दिन्न भन्दैछ । यो अधिकार उसलाई कसले दियो ? राजविराजमा हामीमाथि भएको आक्रमण सुनियोजित छ । सभा रोक्नका लागि अनेक प्रयत्न भए पनि हजारौँ जनता सहभागी भएबाट मोर्चाका मानिसहरु आत्तिएका छन् ।


- राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार छ । शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको छ । गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर घटनाको न्यायिक जाँचबुझ हुनुपर्छ । 


-  वर्तमान सरकार देशलाई बोझ बनेको छ । सुशासन दिन सकेको छैन, विकासलाई अघि बढाउन सकेको छैन, बल्लतल्ल निर्वाचन घोषणा गरेको छ । एमालेको दवावका कारण बाध्य भएर निर्वाचन घोषणा गरे पनि आलटाल गर्ने काम गरिरहेको छ । निर्वाचन हुनासाथ एमाले सत्तामा आउँछ भन्ने यिनीहरुलाई डर छ ।


-  नेपाललाई बलियो भएको देख्न नचाहनेहरु संविधानको विपक्षमा छन् । कार्यान्वयन नै नगरी संविधान संशोधनको बखेडा झिकिएको छ । ६६ प्रतिशतको समर्थनमा बनेको भारतको संविधान आजसम्म चलिरहेको छ । विरोधमा रहेका ३४ प्रतिशतले संविधान संशोधनको आवाज उठाउँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अहिले हुँदैन, लोकसभा निर्वाचनपछि गरौँला भनेका थिए । 

सभामा पार्टीका उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलले संविधानका प्रतिमा आगो लगाउनेहरुले करोडौँ नेपाली जनताको मनमा आगो लगाएको टिप्पणी गरे । उनले भने, ‘कञ्चनपुरमा नेपाली नागरिक मारिँदा मधेसका लागि काम गरेका छौँ भन्ने मधेसी नेताहरु बोलिरहेका छैनन् । उनीहरुको घाँटी केले अँठ्याइरहेको छ ? किन एक शब्द बोल्न सकिरहेका छैनन् ?’

उनले स्थानीय निर्वाचन हुन नदिने, नेपाललाई समृद्ध हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने जस्ता काम गर्नुका पछाडि नेपाललाई असफल बनाउने कोसिसबाहेक अरु केही नभएको स्पष्ट पारे । दुई नम्बर प्रदेशमा चुनाव हारेका व्यक्तिहरु आएर गत वर्ष टिकापुर काण्ड मच्चाएको स्मरण गर्दै उपाध्यक्ष रावलले त्यस्ता घटनाबाट पनि मुलुकको सामाजिक सद्भाव विथोल्न को सक्रिय छ भन्ने बुझ्न जरुरी रहेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved