तेह्रौं योजनाका तीन लक्ष्य मात्र पूरा,  १४ लक्ष्य अधुरै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 03:29:13 AM मा प्रकाशित

laxmi  sunrise bank

तेह्रौ योजनाले निर्धारण गरेका महत्वपूर्ण १७ लक्ष्यमध्ये १४ लक्ष्य भूकम्प र नाकाबन्दीका कारण पूरा हुन सकेका छैनन् । 

पूरा भएका लक्ष्यमा टेलिफोन मोबाइलसमेत (प्रतिसय घनत्वमा) वनजङ्गलले ढाकेको क्षेत्र र सडक यातायातको कुल लम्बाइका लक्ष्य मात्र पूरा भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । 

टेलिफोन (प्रतिसय घनत्व) शत्प्रतिशत लक्ष्य निर्धारण गरिएकामा एक सय १० प्रतिशत, वनजङ्गलले ढाकेको क्षेत्र ४० प्रतिशत पुर्याउनेमा ४४ प्रतिशत र सडक यातायातको कुल लम्बाइ २७ हजार नौ सय ६५ किलोमिटर राखिएकामा २९ हजार ३१ किलोमिटर पुगी उपलब्धि देखिएका छन् । 

आयोगले सार्वजनिक गरेको चौधौँ योजनाका सङ्क्षेप पुस्तिकामा वार्षिक औसत आर्थिक वृद्धिदर लक्ष्य ६ प्रतिशत राखिएकामा करिब तीन प्रतिशतमा खुम्चिएको देखिएको छ । यसैगरी मूल्य वृद्धिदर सात प्रतिशत लक्ष्य राखिएकामा यसमा वृद्धि भई ८.७ प्रतिशत हुन पुगेको थियो । गत वर्ष सकिएको सो योजनाले वार्षिक औसत रोजगारी वृद्धिदर ३.२ राखिएकामा २.९ प्रतिशत भएको थियो । 

गरिबीको रेखामुनि रहेका जनसङ्ख्या १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएकामा २१ प्रतिशत मात्र भएको, अपेक्षित आयु ७१ वर्ष राखिएकामा ६९ वर्ष मात्र भएको, खानेपानी सेवा पुगेका जनसङ्ख्या ९५ प्रतिशत राखिएकामा ८३ प्रतिशत मात्र पुगेको, प्राथमिक तहको भर्नादर एकसय प्रतिशत राखिएकामा ९६ प्रतिशत र साक्षरतादर ९५ प्रतिशत राखिएकामा ८८ प्रतिशत पुगेको जनाइएको छ । 

यसैगरी सबै जिल्लालाई सडक यातायत सञ्जाल जोड्ने लक्ष्य राखिएकामा ७३ जिल्ला सदरमुकाम मात्र सडक सञ्जाललले जोडिएको, विद्युत् उत्पादन एक हजार चार सय २६ मेगावाट लक्ष्य राखिएकामा आठ सय ५१ मेगावाट मात्र उत्पादन भएको, विद्युत् पहुँच प्राप्त जनसङ्ख्या ८७ प्रतिशत राखिएकामा ७४ प्रतिशत मात्र भएको, सिँचाइ (हेक्टर लाख)मा १४ प्रतिशत राखिएकामा १३ प्रतिशत मात्र पुगेको र मातृमृत्युदर (प्रति एक लाख जीवित जन्ममा दुई सय १३ पुर्याउने लक्ष्यमा दुई सय ५८ भएको उल्लेख गरिएको छ । 

अयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले भूकम्प तथा नाकाबन्दीका कारण तेह्रौं योजनाको लक्ष्य पूरा हुन नसकेको बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved