मधेसी मोर्चाद्वारा प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्विकार, आन्दोलनका कार्यक्रम घोषणा   

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 07:00:27 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने गरी संविधान संशोधन अघि बढाउने प्रस्ताब अस्विकार गरेको छ। 

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा तमलोपा अध्यक्ष महन्त ठाकुरको अध्यक्षता बसेको मोर्चाको बैठकले सरकारको प्रस्ताब अस्विकार गर्दै असयोग र अवज्ञा आन्दोलनको घोषणा गरेको हो। 

मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ। मोर्चाले समर्थन फिर्ताको औपचारिक जानकारी  सभामुखलाई भोलि गराउने भएको छ। 

मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भोलि ३ गतेदेखि निर्वाचन आयोगद्वारा घोषित निर्वाचन कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पूर्णतः असहयोग गर्ने बताएको छ। 

त्यस्तै १३ गते मलेठ घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली दिन सभा गर्ने मधेसी मोर्चाको निर्णय छ । यस्तै चैत १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाको कार्यक्रम छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved