नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 09:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले निष्काशन गर्न लागेको हकप्रदको लागि बुक क्लोज मिति तय भएको छ । हकप्रद निस्काशन प्रयोजनको लागि बैंकको शेयरधनि पुस्तिका चैत्र १७ गते बन्द रहने भएको छ । अर्थात् चैत्र १६ सम्म कायम शेयरधनिले मात्र हकप्रद प्राप्त गर्न सक्ने छन् ।  

 बैंकले धितोपत्र बोर्डबाट १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमति पाएको हो । बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ३२ प्रतिशत बोनस सेयर वितरण गरी सकेको छ । ३२ प्रतिशत बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुगेको  छ। बोनसपछी त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने छ।   

बैंकले कात्तिक ८ मा भएको साधारणसभाले ३२ प्रतिशत बोनस शेयर र त्यसपछिको ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताब पारित गरेको हो।  

 एनबि बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved