सगुनमा अमेरिका र युरोपबाट धेरै लगानी, मार्च २७ अघि आबेदन दिन के गर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2017 | 08:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणका लागि खुलाइएको सगुनको मिनी आइपीओ आबेदन यहि मार्च अन्तिमदेखि बन्द हुने भएको छ। सर्वसाधारणका लागि निष्काशन गरिएको मिनी आइपीओमा आबेदन बन्द भएपछी संस्थागत लगानीकर्ताका लागि मात्र खुला गरिने सगुनले जनाएको छ। 

बिशेष गरि विदेशमा रहेका नेपालीका लागि खुला गरिएको सगुनको मिनी आइपीओमा अहिलेसम्म १ हजार ७ सय भन्दा बढी आवेदकबाट करिब २० लाख डलर अर्थात २० करोड रुपैयाँ बराबरको आबेदन परेको छ। 

यद्दपी सगुनको मिनी आइपीओको आबेदन खुलेयता यसमा आबेदन दिनेको संख्या ४ हजार भन्दा बढी रहेको सगुनले जनाएको छ। प्राविधिक कारणले उनीहरुको आबेदन स्वीकृत हुन नसकेकाले करिब ३० लाख डलर अर्थात् ३० करोड रुपैयाँ बराबरको आबेदन पेंडीङमा रहेको छ। 

आबेदन गरिसकेका तर प्रक्रिया पुरा नभएका आवेदकहरुले समेत मार्च मिनी आइपीओमा आबेदन बन्द हुनु अघि अर्थात मार्च २७ अघि नै सेटलमेन्ट गर्नु पर्ने सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले बताए। 

कम्पनीले गत फेब्रुवरी ९ देखि प्रति कित्ता २३ डलर मूल्य पर्ने गरी ८ लाख ६९ हजार ५ सय ६४ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको शयर खरिद गर्न चाहनेले न्यूनतम १३ कित्ता अर्थात् २ सय ९९ डलरको शेयर किन्नु पर्ने व्यवस्था गरिएको थियो। तर अधिकांश आवेदकहरुले १३ कित्ताका लागि मात्रै आबेदन दिंदा डलरसंगको एक्सचेन्ज दर र आबेदन दिंदा प्रयोग गरिएको बैंक वित्तीय संस्थाहरुले लिने सेवा शुल्कका कारण न्युनतम २ सय ९९ डलर नदेखिएकाले झन्डै २ हजार बढीको आबेदन स्वीकृत हुन नसकेको सगुनले जनाएको छ। 
 
नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ खरिदको अवसर सर्वसाधारणका लागि अब खुला हुन सक्ने अवस्था नभएकाले इच्छुक विदेशमा रहेका नेपालीले मार्च २७ अघि नै आबेदन दिनु पर्ने छ।

सगुनको मिनी आइपीओमा अमेरिका र एसियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको छ। ग्लोबल सेयर मार्केटमा नेपालीले स्थापना गरेको कम्पनीले सेयर निष्काशन गरेको यो पहिलो पटक हो। यस मिनी आइपीओबाट प्राप्त लगानी रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने सगुनले यस अघि नै घोषणा गरेको छ।

सगुनले अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपिओ निस्कासन गर्ने अनुमति पाएको हो। यस प्राबधान अनुसार भविष्यमा राम्रो गर्न सक्ने सम्भावना बोकेका कम्पनीले सामान्य आम्दानी भएका व्यक्तिहरुबाट समेत लगानी रकम जुटाउन सक्ने छन।

मार्च २७ अघि आबेदन दिन के गर्ने ?
नेपालको विद्यमान कानुनि व्यवस्था अनुसार सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिंदैन। नेपालबाट लगानी गर्न नसकिने सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख शिवाकोटीले यस अघि नै जानकारी गराएका थिए।

सगुनको मिनी आइपीओ खरिद गर्न सगुन डटकम/इन्भेस्टमा दिइएको फर्म भरेर आबेदन दिन सकिने सगुनले जनाएको छ। अमेरिका बाहिर रहेकाले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन्। 

बिगतमा १३ कित्ताका लागि मात्रै आबेदन दिने अधिकांशको आबेदन डलरसंगको एक्सचेन्ज दर र आबेदन दिंदा प्रयोग गरिएको बैंक वित्तीय संस्थाहरुले लिने सेवा शुल्कका कारण न्युनतम २ सय ९९ डलर नदेखिएकाले स्वीकृत हुन नसकेको अवस्थामा कम्तिमा १४-१५ कित्ताका लागि आबेदन दिन उचित हुन्छ।

आवेदकले किनबेच विवरणपत्र र सेयर दलाल कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ।   

सगुनका आगामी योजना
अमेरिकामा स्थापना भएको यस कम्पनीले हाल भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलप र प्रोमोसन गरि रहेको छ। 

सगुन भारतका स्वाति दयालले दिएको जानकारी अनुसार सगुनको पाइपलाइनमा धेरै प्रोडक्ट रहेको र ति उत्पादनहरु प्रयोगकर्तासम्म पुग्ने गरि काम भईरहेको छ। यसै अन्तर्गत सगुनले मोबाइल एप बजारमा ल्याउने तयारी गरेको छ।

उनका अनुसार एप डेभलपको काम ५० प्रतिशत सकिसकेको छ भने सुरुमा एन्ड्रोइड प्लोटफर्ममा एप ल्याउने तयारी गरिएको छ। जुलाईसम्म उक्त एप बजारमा ल्याउने तयारी रहेको जनाइएको छ।

यो पनि: सगुनको मिनी आइपिओमा लगानी गर्दै हुनुहुन्छ ? जान्नुहोस, १० भ्रम र १० यथार्थ 

       विश्व बजारमा सगुन नेपालको ८ लाख ६९ हजार कित्ता आइपीओ बिक्रि खुला


    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved