एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख ईकाई नेप्सेमा सुचिकृत, कारोबार कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2017 | 11:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल क्यापिटल मार्केटले संचालनमा ल्याएको दोस्रो सामुहिक लगानीकोष एनआइबीएल प्रगति फण्डको ७ करोड ५० लाख ईकाई नेप्सेमा सोमबार सुचिकृत भएको छ । 

क्यापिटलले गत मंसिर २० देखि २५ गतेसम्म प्रतिइकाई १० रूपैयाँ मूल्यको ७५ करोड रूपैयाँ बराबरको सात करोड ५० लाख इकाई बिक्री खुला गरेको थियो । सुरुमा ६० करोड रूपैयाँ बराबरको ६ करोड इकाई बिक्री खुला गरिएकामा आवश्यकताभन्दा बढी माग पर्न आएपछि २५ प्रतिशत इकाई थप गरिएको हो ।

सबै आवेदकले यो फन्ड हात पारेका थिए । ५० हजारसम्म आवेदन दिने साना लगानीकर्ताले ५१ प्रतिशत र त्यसभन्दा बढी आवेदन दिने ठूला लगानीकर्ताले १७.१२ प्रतिशतले इकाई हात पारेका थिए ।  

एनआइबिएल प्रगतिको फन्डमा कम्पनीले निष्कासन गरेको ६ करोड इकाइमध्ये दश लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको थियो । सर्वसाधारणले ५ करोड १० लाख इकाइ बिक्री गरिएको हो ।

ईकाई थप गरिएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका थिए ।  फण्डको कारोबार सुचिकृत भएको मितिले एक सातापछि खुल्ने प्राबधान अनुरुप अर्को साता नेपाल स्टक एक्सचेञ्जमा खुल्नेछ ।

यो पनि : यसरी भयो एनआइबीएल प्रगति फन्ड बाँडफाँड , हेर्नुस कसले कति पाए (सुचीसहित) 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved