आईजीपी विवाद: 'बृहत इजलास'मा अन्तिम सुनुवाई हुदै, फैसला पुनरावलोकन नहुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 12:43:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्ति संबन्धमा सर्बोच्च अदालतमा एक महिना बढी समयदेखि चलेको बहस आज अदालतको पूर्ण इजलासले हेर्दै छ ।

आज आइतबार आईजीपी बिबादको सुनुवाइ सम्माननिय प्रधानन्यायाधीश सुशीला कार्की र माननीय न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको बृहत इजलासमा बहस भई रहेको हो । यहि इजलासले अन्तिम निर्णय गर्ने छ भने पाँच न्यायाधीश सम्मीलित बृहत इजलासले गरेको फैसलाको पुनरावलोकन नलाग्ने कानुनी प्रावधान छ । अर्थात यो इजलासले गरेको फैसला पुनरावलोकन हुन् सक्दैन  । 

अधिबक्ता कपिल देव ढकालले सरकारले बरियता मिचेर डीआईजी जयबहादुर चन्दलाई लाई नियुक्ति गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै माघ २८ गते शुक्रबार मुद्दा दायर गरेका थिए। त्यसको सुनुवाई हुनु अघि नै मन्त्रिपरिषद बैठकले चन्दलाई आइजीपीमा नियुक्ति गरेको थियो । सोहि दिन सर्बोच्चले चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न नगर्न अन्तरिम आदेश दिएको थियो ।

त्यस्तै पहिलो बरियतामा रहेका डिआईजी नवराज सिलवालले बरियताक्रम अनुसार आफुलाई आइजीपी बनाउन माग गर्दै अर्को रिट दायर गरेका थिए । अदालतले दुवै रिटलाई एकै साथ राखी बहस अघि बढाएको हो  । 

 यो मुद्दाको किनारा नालाग्दासम्म सरकारले प्राविधिक एआइजी डा दिनेशचन्द्र पोखरेललाई निमित्ति प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved