नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको सभापतिमा मास्के निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 01:46:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको २१ औं जिल्ला अधिवेशनबाट सभापतिमा भगवान वावु मास्के अत्याधिक मतले विजय भएका छन् । ९६ मत ल्याएका मास्केले प्रतिद्धन्दी यदुविलास भट्टराईलाई ५३ मत अन्तरले पराजित गरे।

त्यस्तै जिल्ला सदस्यहरुमा मोहन ढकाल, रामशरण आर्चाय, रहमतुल्ला मियाँ, राजेन्द्र न्यौपाने, नारायण श्रेष्ठ, बिष्णु आचार्य, शंकर बाहादुर आचार्य, नन्दलाल बगाले, डिलमान गुरुङ, भिमसेन काजी बाँनिया, तिर्थ वाहादुर थापामगर निर्वाचित भएका छन् । अर्चाय र गुरुङले सर्वाधिक समान १११ मत ल्याउन सफल भएको निर्बाचन समितीले जनाएको छ ।

जिल्ला अधिबेशनमा भाग लिन जिल्लाका २४ उपशाखा र जिल्ला कार्य समितिका गरी १४६ जनाको सहभागी रहेको थियो । जिल्ला शाखा गोरखामा गोरखकाली, बक्राङ, रानिश्वाँरा, विरेनचोक, मनकामना, घ्याल्चोक, ताङ्गलीचोक, घैरुङ्ग, ताप्ले, बोर्लाङ्ग, बुङ्गकोट, पालुङटार, आँपपिपल, मिरकोट, हर्मी, सिमजुङ,सौरपानी, श्रीनाथकोट, बारपाक, घ्याम्पेसाल, आरुपोखरी, गाँखु, भच्चेक, गुम्दा, थालाजुङ गरी २५ उपशाखाका प्रतिनिधि रहेका थिए ।

जिल्ला सभा तथा अधिवेशनमा प्रत्येक उपशाखाबाट सभापति सहित पाँच जनाले भाग लिएको रेडक्रसले जनाएको छ । मास्केलाई नेपाली कांगेस, एमाले र माओवादी केन्द्रले सभापतीका लागी उम्मेदवार बनाएका थिए । मास्के नेपाली कांगेस निकटका हुन् भने भट्टराई नयाँ शक्ति नेपाल निकटका मान्छिन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved