संसदबाट ३ विधेयक स्वीकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 03:02:30 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३, प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ रहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ती विधेयक बैठकमा प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा उप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वस्तु विनियम बजारसम्बन्धी विधेयक २०७३ लाई प्रस्तुत गरेका थिए । संसद्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved