५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा, कसले के भने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 06:33:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेतृत्त्वका लागि चैत अन्तिम साता हुने नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छाले उम्मेद्वारी घोषणा गरेका छन। उद्योग नगरी बुटवल पुगेर गोल्छाले तामझाम पूर्ण रहेको एक कार्यक्रमबीच पदाधिकारीको प्यानल सहित उम्मेद्वारी घोषणा गरेका हुन। 

उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष भवानी राणा तथा जिल्ला नगरका अध्यक्ष र ५० भन्दा बढी जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु लगायतका सदस्यहरुको उपस्तिथी रहेको थियो।

बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको औपचारिक कार्यक्रमबीच गोल्छाको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्दप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । गोल्छा प्यानलबाट कोषाध्यक्षमा  ज्ञानेन्द्रलाल प्रधानलाई अघि सारिएको छ। 

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले यस अघि नै उद्योग नगरी बिराटनगर पुगेर आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको प्यानलबाट बस्तुगत समूहको उपाध्यक्ष पदमा शंकर पाण्डे, जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन भने एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा भने हुन बाँकी नै छ।    

केही समय अघि उद्योग वाणिज्य महासंघको बिधान संसोधन गरि वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष बन्ने प्राबधान बनाइएको छ। यस कारण पनि यस पटकको नयाँ नेतृत्त्वका लागि हुने चुनाबमा वरिष्ठ उपाध्यक्ष पदमा बिशेष आकर्षण बढेको हो। अहिले वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुने स्वत: अध्यक्ष हुने छन। 

कसले के भने ?
गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।
 
भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’

चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।‘ हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो।’उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।

गोल्छाकोे प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved