हजयात्रीहरुका लागि आबेदन खुला, यस बर्ष ३८५ नयाँ हजयात्री!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 07:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हज समितिले यस बर्ष हज गर्न जान इच्छुक हजयात्रीहरुका लागि आबेदन खुला गर्ने भएको छ। समितिको आइतबार बसेको बैठकले इच्छुक हजयात्रीहरुले यहि चैत १० देखि बैशाख १० सम्म आबेदन दिन सक्ने निर्णय गरेको छ। 

यस बर्ष हज गर्न चाहने हजयात्रीहरुले आफ्नो जिल्लाको जिल्लाा प्रशासन कार्यालयमा हज फाराम भर्न पाउने व्यवस्था गृह मन्त्रालयले गरेको छ। पहिलो आबेदन गर्ने ३ सय ८५ जनाले यस बर्ष हज गर्न जान पाउने छन। 

कुल १ हजार हजयात्रीले हजका लागि जान पाउने भएपनि गत बर्ष जान नपाएका ६ सय १५ जनालाई पहिलो प्राथमिकतामा राखिएकाले यस बर्ष ३ सय ८५ नयाँ हजयात्री मात्रैले हज मा जाने अवसर पाउने छन। यद्दपी गत बर्ष जान नपाएका हजयात्रीले यस बर्षपनि नयाँ फाराम भर्नु पर्ने छ। 

हज समितिका अध्यक्ष मोहम्मद सोऐबले दिएको जानकारी अनुसार हज गर्न जान आबेदन दिने सम्बन्धमा दुई दिन भित्र नै राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरिने छ।

सरकारले यस बर्षपनि हाजिहरुको सहुलियतका लागि कुनै बजेट छुट्याएको छैन। बिगतमा हज गर्न जाने हजयात्रीहरुका लागि सहुलियतका लागि बजेट छुट्याउने गरे पनि पछिल्ला दुई बर्ष यता सरकारले कुनै बजेट छुटाएको छैन । यद्दपी सरकारले हजमा जाने हजयात्रीको व्यवस्थापनमा खटिने कर्मचारी र पदाधिकारीहरुका लागि १ करोड २५ लाख बजेट छुट्याएको छ। उक्त रकम समितिले पदाधिकारी बैठक, हज व्यवस्थापन गर्न साउदी आते जाते खर्च तथा प्रचारप्रसारमा खर्च गर्न पाउने छ। 

  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved