एस डेभलपमेन्टलाई एक्वायर गर्न इन्भेष्टमेण्ट बैंकले बोलायो बिशेष साधारण सभा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 10:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो बैंक बनेको इन्भेष्टमेन्ट बैंकले विशेष साधारण सभा बोलाएको छ । बैंकले चैत्र २५ गते शुक्रबारका लागि विशेष साधारण सभा बोलाएको हो ।

इन्भेस्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वायर गर्ने प्रस्ताब पारित गर्न विशेष साधारणसभा बोलाएको हो । यहि प्रयोजनको लागि एस डेभलपमेन्टले बैंकले पनि बिशेष साधारण सभा बोलाएको छ ।

 १ बराबर शुन्य दशमलव ४१ सेयर स्वाप रेशियोमा इन्भेस्टमेन्टले एसलाई खरिद गर्न लागेको हो । हाल एस डेललपमेन्ट बैंकको १ अर्ब २० करोड चुक्ता पूँजी रहेको छ भने इन्भेस्टमेन्टको आठ अर्ब ७० करोड चुक्ता पुंजी छ । एस बैंक खरिदसँगै इन्भेष्टमेण्टको चुक्ता पूँजी ९ अर्ब २० करोड पुग्नेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि इन्भेस्टमेन्ट बैंकको शेयर  दर्ता पुस्तिका चैत १४ गते देखि २५ गते सम्म बन्द हुने नेप्सेले जनाएको छ   । चैत १३ सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved