राप्रपाको जुलुसमा झडप: पशुपति राणा , कुन्ती शाही, कोमल ओली घाइते (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 21, 2017 | 12:23:19 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आफ्नो बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोधमा आयोग घेर्न गएका राप्रपाको जुलुस माथि प्रहरीले लाठीचार्ज गरेको छ  । जुलुसले प्रहरीले घेरा तोडेर अगाडी बढ्ने कोसिस गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको हो  ।

झडपमा दुवै तर्फ केहि घाइते भएका छन्  ।  झडपका क्रममा राप्रपाका नेता पशुपति शमशेर राणा सहित थुप्रै कार्यकर्ता घाइते भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए ।राणाको खुट्टामा चोट लागेको छ । 

केन्द्रीय सदस्य मोहन श्रेष्ठले प्रहरीले दमन गरेको र सयन्द्रा वान्तवा, रोशन कार्की,राजाराम बर्तौला, ऋषि देवकोटा, सरस्वती केसी, कोमल ओली, निरञ्जन थापा, सावित्री थापा, मीना जोशी, सिर्जना रानी बर्मा लगायत सयौ घाइते भएको बताए ।  प्रहरी तर्फपनि केही प्रहरी घाइते भएका छन् ।  

झडपपछि अहिले राप्रपाका नेताहरु धर्नामा छन् । धर्नामा उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष् कमल थापा, मन्त्री दिपक बोहोरा लगायतका नेता कार्यकर्ता सहभागी छन् । 

हेर्नुस झडपको भिडियो

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved