बंगालदेशसंग पनि नेपाल पराजित: कप्तान मल्लको आलोचना,  दिपेन्द्रको अर्धशतक छायाँमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 02:10:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो पराजय बेहोरेको छ  ।  आज भएको खेलमा बंगलादेशको यु २३ टोलीले नेपाललाई ८३ रनले पराजित गरेको हो ।

२५८ रनको बिशाल लक्ष्य पाएको नेपालले ४२.२ ओभरमा सबै विकेट गुमाउदै १७४ रन जोड्न सक्यो । टस हारेर ब्याटिंगको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५७ रन जोडेको  थियो । 

तस्विर : रमन सिवाकोटी 

बलिंगमा सुरुवात उत्कृष्ट  

टस जितेको फिल्डिंग रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।  पहिलो १० ओभरमा नेपालले ३३ रन खर्चेर ४ विकेट लिएको थियो । तर पाचौ विकेटको लागि नेपालले १५ ओभर पर्खनु पर्यो । यस बिषयमा समर्थकले कप्तान ज्ञानेन्द्र मल्लको तिब्र आलोचना समेत गरेका छन् । कप्तान मल्लले 'फुल टाइम' बलरले राम्रो प्रदर्शन गर्दा गर्दै पनि उनीहरुलाई पुरै ओभर नदिएर आफै १० ओभर बलिंग गर्नु गलत भएको बताएका छन् । मल्लले १० ओभर गर्दा ५१ रन खर्चिएका थिए । मल्ल पार्ट टाइमर बलर हुन् । फुल टाइमर बलर मध्ये केवल सन्दिप लामिछानेले पुरै १० ओभर बलिंग गरेका थिए ।

शरद भेष्वाकरलाई पनि मल्लले ४ ओभर दिएका थिए । जहाँ उनले २४ रन खर्चिएका थिए ।   इकोनोमीको आधारमा हेर्दा भेष्वाकर महंगा  बलर सावित  भए । 

खराब ब्याटिंग सुरुवात

बिशाल लक्ष्य पाएको नेपालको ब्याटिंग सुरुवात शुखद रहेन ।  नेपालले केवल १६ रन बनाउँदा ३ विकेट गुमाई सकेको थियो । कप्तान मल्लले १० बल खेलेर खाता नै खोल्न सकेनन भने अर्का ओपनर सुनिल धमलाले १३ बल खेलेर केवल १ रन जोडे । 

दिलिप र दिपेन्द्रले जगाएको आशा 

दिलिप नाथ र दिपेन्द्र सिंह एरिले नेपालको ब्याटिंग सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे । दिलिप नाथले ४१ रन जोडे भने दिपेन्द्रले अर्ध शतक (५६ रन ) बनाए । यो पार्टनरशिपले नेपाललाई केहि आशा जगाएको थियो । तर त्यसपछि ब्याटिंग गर्न आएका अनुभवी खेलाडी शरद भेषवाकर केवल २ रनमा आउट भए र नेपालको आशा लगभग समाप्त नै भयो । यहि कारण दिपेन्द्रको अर्ध शतक छायाँमा पर्यो । 

बिनोद भण्डारीको विस्फोटक ब्याटिंग 

आठौ नम्बरमा ब्याटिंग अग्रण आएका बिनोद भण्डारीले विस्फोटक ब्याटिंग प्रदर्शन गरे । २३ बल सामना गरेका उनले ३३ रन बनाए । १०० भन्दा माथिको स्ट्राइक रेटमा खेल्ने उनी एक्ला नेपाली ब्याट्सम्यान बने । उनले ६ चौका र १ छक्का प्रहार गरेपनि नेपाललाई हारबाट जोगाउन सकेनन ।  

यस अघि नेपाल पाकिस्तानसंग पराजित भएको थियो । लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved