प्राबिधिक जनशक्तिको लागि नेपाल मै पहिलो पटक 'जब फेयर' हुदै, यस्ता छन् आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 03:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बालाजु स्कुल अफ इन्जियनियरिङ्ग एण्ड टेक्नोलोजी (BSET) ले जब फेयर २०७३ आयोजना गर्ने भएको छ । संस्थाले “एक्सप्लोरिङ्ग टेक्निकल अपरच्युनिटिज” भन्ने मूल नाराका साथ बालाजु औद्योगिक क्षेत्रस्थित आगामी शुक्रबार र शनिबार ( चैत १८ र १९ गते ) मेला आयोजना गर्ने भएको हो ।


सरकारी, गैरसरकारी, निजी, अन्तर्राष्ट्रिय र व्दिपक्षीय संगठनहरुको सहभागिता रहने मेलामा एउटै छानामुनि विभिन्न क्षेत्रलाई समावेश गरिने आयोजकले जनाएको छ । कामको खोजीमा रहेका इच्छुक व्यावसायिक उच्च प्रतिस्पर्धीले व्यापक क्षेत्रमा कामको अवसर दिलाउने मुख्य उद्देश्य रहेको सो जब फेयर सीप सिकेर केही गरौँ भन्ने धारणा भएकाहरुका लागि सुवर्ण अवसर हुने आयोजकले विश्वास लिएको छ ।


सो सम्बन्धी मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जब फेयरले रोजगारदाताहरुलाई वर्तमान तथा भविष्यका लागि समेत आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापनमा मद्दत पुर्याउने आयोजक संस्थाका प्रिन्सिपल निर्मलप्रसाद न्यौपानेले बताए  । उनले बालाजु स्कुल अफ इन्जियनियरिङ्ग एण्ड टेक्नोलोजीले हालसम्म १५ हजारभन्दा बढी प्राविधिक जनशक्ति तयार गरिसकेको जानकारी दिए  ।


नेपालमै पहिलो पल्ट आयोजना गरिएको यस जब फेयरका अवसरमा आफ्नो विलक्षण क्षमता देखाउन सक्ने उम्मेदवारलाई तत्काल अन्तर्वाता लिई रोजगारीको व्यवस्था पनि हुने छ ।  सक्षम जनशक्तिको अपेक्षा गरेका रोजगारदाता र राम्रो उच्च स्तरीय प्रतिष्ठित घरानामा प्रवेश पाउने अभिलाषा राखेका जनशक्ति दुवैका लागि यो जब फेयरबाट नयाँ अवसरको ढोका खोल्ने जब प्लेसमेन्ट एन्ड काउन्सिलिंग युनिटका टिम लिडर अनिल वज्राचार्यले  बताए ।
यस जब फेयरका लागि सी.ई.सी.आई र क्यानाडाको युनिटेरा प्रोग्राम, सीप विकास आयोजनाका साथै अन्तर्राष्ट्रिय श्रम संगठनले सहयोग गरेका छन् । 

कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बालाजु स्कुल अफ इन्जियनियरिङ्ग एण्ड टेक्नोलोजीका भाइस प्रिन्सिपल बैकुण्ठ श्रेष्ठले सीपयुक्त प्राविधिक जनशक्तिका लागि नेपालमै पहिलो पटक आयोजना हुन लागेको जब फेयरले ठूलो सघाउ पुग्न गई आफ्नो शिक्षालयको गरिमा अरु उच्च बन्ने विश्वास व्यक्त गरे ।


बालाजु स्कुल अफ इन्जियनियरिङ्ग एण्ड टेक्नोलोजी भोकेसनल ट्रेनिङ्ग इन्स्टिच्युटको रुपमा सी.टी.ई.भी.टी अन्तर्गत स्थापना भएको हो । नेपालकै पहिलो व्यावसायिक तालिम प्रदान गर्ने अग्रणी संस्थाको रुपमा रहेको सो शिक्षालयको स्थापना स्वीस सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भएको थियो ।

संस्थाले मध्यम र निम्न स्तरका कुशल जनशक्ति तयार गर्ने काममा आफूलाई सक्रिय राखेको छ । यसमा मेकानिकल, इलेक्ट्रिकल, सिभिल र स्यानिटेशनसम्बन्धी प्राविधिक सीपहरु सिकाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved