आयातित खादाको प्रयोगमा रोक

रासस

रासस

Jun 23, 2017 | 08:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्मान तथा सत्कार गर्दा रङ्गीबिरङ्गी आयातित खादा ओढाउने प्रचलनलाई म्याग्दी रघुगङ्गा गाउँपालिका–२ भगवतीमा रोक लगाएको छ ।

सो वडाका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्थानीयस्तरमा हुने सबै कार्यक्रममा अतिथि र पाहुनालाई सम्मान तथा सत्कार गर्दा आयातित खादाको सट्टा स्थानीयस्तरमै उत्पादन हुने फूलमाला तथा सामानको प्रयोग गर्ने नगर्ने निर्णय गरेको हो । परम्परागत संस्कृतिमा स्वागत र सम्मानमा फूलमाला नै जोडिएर आएको भए पनि पछिल्लो समयमा भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनः प्रयोगको समेत कुनै काम नहुने भएकाले खादा प्रयोग नगर्ने निर्णय गरेको वडाध्यक्ष कटुवालले बताए।

उनले सम्मान र सत्कारमा अहिले प्रयोग हुँदै आएको खादाले वातावरण प्रदूषणसमेत गराउने भएकाले सम्मान संस्कृतिलाई स्थानीय संस्कारसँग जोड्नु बढी उत्तम हुने बताए। त्यस्तै बैठकले सो वडामा मुक्तिनाथ सदावर्त गुठीको नाममा रहेको सर्वसाधारणको जग्गालाई रैतनी परिणतका लागि जिल्ला मालपोत कार्यालयमार्फत भूमिसुधार मन्त्रालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको जनाएको छ । रासस

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved