निर्वाचनको बेला पर्याप्त सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाउन आयोगको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 03:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले सरकारलाई निर्वाचनको बेला पर्याप्त सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।  आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा आयोगले यस्तो निर्देशन दिएको हो ।

माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा आयोगका माननीय आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको  बैठकमा माननीय निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्यालसहित गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति थियो ।


बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. यादवले गृह मन्त्रालयबाट प्रस्तुत गरिएको सुरक्षा योजना वस्तुगत र व्यावहारिक रहेको बताउदै मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रियस्तरका नेताहरुको सुरक्षाजस्ता विषयमा पनि पर्याप्त ध्यान दिन निर्देशन दिएका हुन्।

उनले सुरक्षामा समन्वयको महत्वपूर्ण भूमिका हुने भएको हुँदा सुरक्षा निकायका सञ्चार संयन्त्रलगायत अन्य साधनसमेत चालू अवस्थामा राखेर उच्चस्तरको समन्वय कायम गर्न निर्देशन दिए । उनले सुरक्षाकर्मीलाई निर्भीक तथा निष्पक्ष भई आफ्नो कार्यक्षेत्रमा खटिन पनि निर्देशन दिए । सो अवसरमा हिमाली र उच्चपहाडी इलाकामा हिँउ पर्ने सम्भावनालाई समेत ध्यान दिई सुरक्षा योजना तथा सुरक्षा प्रबन्ध मिलाउन माननीय आयुक्तज्यूहरुले सुझाव दिएका थिए ।  आयुक्तहरुले म्यादी प्रहरीको उपादयेता र संख्याबारे विभिन्न जिज्ञासा राखेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved