रेग्मी मुख्यसचिव बनेपछि गृहसचिवमा सापकोटा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 09:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि सरकारले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ। 

मन्त्रिपरिषद्को आजको बैठकले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो। अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । 

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मी मुख्य सचिव इयुक्त भएका हुन्  ।

 आजको मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved