ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनमा दाहाल विजयी भएका हुन । दाहालले दाहालले ३३१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन लम्सालले ३१३ मत प्राप्त गरे । दाहाल बामगठबन्धनबाट उम्मेदवारी दिएका थिए भने लम्साल लोकतान्त्रिक समुहबाट उम्मेदवारी दिएका थिए ।
त्यष्सैगरी टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन ।
साथै कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भएका छन ।