राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, प्रदेश राजधानीबारे राष्ट्रपतिले दिईन यस्तो सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 11:25:55 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेट वार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटघाटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराएका थिए । 

जवाफमा राष्ट्रपति भण्डारीले जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छिन्। जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

सरकारले आज प्रदेश राजधानी नतोकी प्रदेश प्रमुख मात्र तोक्ने तयारि गरेको थियो । तर त्यसको आलोचना सुरु भए पछि सरकार पछि हटेको जस्तो देखिएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि अनिश्चित बनेको छ । 

सरकारले सकेसम्म सबैको सल्लाहअनुसार प्रमुख र केन्द्र एकैपटक तोक्न सक्ने सल्लाहकार परियारले जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved