पुर्व उपप्रधानमन्त्री महराको विज्ञप्तिले तरंगीत बनायो, देउवाको खोक्रो आदर्श उदांगिएको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 07:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानी घोषणा गरेको प्रति गम्भीर आपत्ति जनाएका छन। 

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका महराले आज साँझ एक बिज्ञप्ती जारि गर्दै सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी  घोषणा गरेको प्रति आपत्ति जनाएका हुन।      

महराले देउवा सरकारको निर्णय असन्तुलित र अन्यायपूर्ण भएको भन्दै उक्त निर्णयको घोर निन्दा तथा भ्रत्सना समेत गरेका छन् । महराले प्रशासन पुनरसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय अन्तराष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थ प्रेरित भएको जनाएका छन् ।

‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भर्त्सना  गर्दछु’, वक्तव्यमा भनिएको छ । नेता महराले दाङलाई प्रदेश नं. ५ को अस्थायी मुकाम नतोकेको प्रति लक्षित गर्दै निर्णयबाट प्रधानमन्त्री देउवाको उत्पीडीत क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदांगीएको समेत वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ–‘ पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षीत, समदुरी र पूर्वाधारसहित प्रयाप्त स्थान भएकाले उचित र सन्तुुलित हुनु पर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु ।’

वक्तव्यको पूर्णपाठ


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved