काभ्रेमा एक यात्रुबाहक बसमा अचानक आगलागी भएको छ । बनेपा बसपार्कबाट भकुन्डेको लागि छुटेको बा ३ ख ३२७० नम्बरको बसमा आगलागी भएको हो ।
बतासे भन्ने स्थानमा पुगेपछि अचानक आगो लागेको हो । बसमा अचानक आगो लागेपछि यात्रुहरु आतिएर बाहिर निस्कने क्रममा केहि यात्रू सामान्य घाइते भएका छन् ।
बसमा सवार एक यात्रुले भने 'क्याबिनमा बसी रहेको थिए, अचानक तातो भयो, एकैछिन्मा हुर्हुर आगो लाग्यो, बल्ल बल्ल बाहिर निस्कियौ। '
अहिले आगी नियन्त्रणमा आएको उनले जानकारी दिए।
घटनाको थप विवरण आउँन बाँकी छ ।