बाम एकताको निर्णायक घडी: एकता संयोजन समितिको छलफल बालुवाटारमा जारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 06:31:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताका लागि निर्णायक भनिएको वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ। बैठकमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिमा आज साँझ हस्ताक्षर गर्ने तयारी गरिएको जनाइएको छ।   

फागुन २ गते भएको पार्टी एकता संयोजन समितिको बैठकबाट पार्टी एकता टुंगो लगाउने गृहकार्य भएपनि एकीकृत पार्टीको मुख्य सिद्दान्तमा सहमति प्रक्रिया अड्किएको थियो।  

एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादबाट दायाँवाया नगर्ने अडान लिएपछि एकतामा देखिएको सैद्धान्तिक समस्या आइतबार ओली र प्रचण्डबीच भएको वान टु वान वार्ताले निकास निकालेको बताइएको छ। 

एकीकृत पार्टीको वैचारिक लाइनमा कुनै विवाद नरहेको माओवादी केन्द्रका एक नेताले बताएका छन। 'एकता सहमति पत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुबैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख गर्ने सहमति भएको छ, प्रमुख सिद्दान्त के हुने भन्नेबारे अब केहि विवाद छैन' उनले भने। 

महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष रहने, दुबै नेताहरूले प्रधानमन्त्रीमा आलोपालो गर्ने, दुबै  पार्टीको प्रतिनिधित्व हुने गरी एउटै  स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बनाउने पुरानो सहमतिलाई टेकेर सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ।  

देशका दुई ठूलो पार्टीबीचको एकतालाई देश विदेशमा पनि ठूलो चासोका साथ हेरिएको छ । आज पार्टी एकताको खाकामा हस्ताक्षर हुने चर्चा सँगै बैठकस्थल प्रधानमन्त्रीको निवास बालुवाटार बाहिर सञ्चारकर्मीका बाक्लो भिड लागेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved