को पाइलट प्रथुलाले विमान अवतरण गरेको हुनसक्ने आधार फेला, आखिर को थियो त दोषी ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 11:14:48 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी बिमान दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न, अनुमान र आशंकाले भरिएका बहस सुरु गराएको छ। 

विमान दुर्घटनामा चालक दलका सबै सदस्य सहित कुल ५१ जनाको मृत्यु भएको छ। जसमा ५१ मध्ये २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिक छन। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।  

यससंगै बिमान दुर्घटना कसरि भयो र दोषी को हो भन्ने बहस सुरु भएको छ। तर सत्य यहि हो कि अहिले नै दुर्घटनाको दोषी को हो भन्ने अवस्था छैन। बंगलादेशी विमान वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई ट्राफिक नियन्त्रण बिभाग वा अरु कोहि दोषी हुन सक्छन तर यहि नै दोषी भनेर किटानी साथ भन्ने सक्ने अवस्था छैन। 

दुर्घटना कसरी भयो भनेर भन्नका लागि हाम्रो माझ न त पाइलट जीवित छन न त को पाइलट वा चालक दलका अन्य सदस्य। त्यसो त विमान दुर्घटना भएकै दिन सार्वजनिक भएको एयर ट्राफिक र पाइलटबीचको कुराकानीलाई आधार मानेर दुर्घटनाको विश्लेषण गर्न थालिएको छ। 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान दुर्घटना भएकै दिन पत्रकार सम्मेलन गरि चालकले गलत दिशाबाट अवतरण गराउदा विमान दुर्घटना भएको बताएका छन। भिडियोमा हेर्नुहोस महाप्रबन्धक क्षेत्रीले भनेको कुरा

नेपाल नागरिक उड्ड्यान प्राधिकरण का महानिर्देशक सन्जिब गौतमले एटिसी (काठमाडौं टावर) ले स्पष्ट निर्देशन दिएको तर पाइलटले त्यसको पालना नगरेको बताएका छन। 'मौसम सफा थियो, चालकले रनवे स्पष्टसंग देखिएको बताएका छन, यदि हुँदा हुँदै पनि चालकले हाम्रो निर्देशनको पालना गरेका छैनन' उनले सीएनएनसंगको कुराकानीमा भनेका छन, 'अवतरणको क्रममा विमान अनियन्त्रित भएको देखिएको छ र सहि दिशा लिन नसकेको देखिन्छ, एक तर्फ ढल्किएको थियो।' 

उता युएस बंगलाले भने आफ्नो कुनै दोष नरहेको स्पष्ट पारेको छ। युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन। काठमाडौं टावरले चालकलाई दोधार हुने गरि जानकारी दिएको उनको आरोप छ। 

चालक अबिदसंग नेपालको विमानस्थल अवस्थाबारे राम्रै जानकारी थियो। उनले कयौं पटक नेपालमा जहाज अवतरण गराईसकेका छन। उनि एकदमै अनुभवि चालक रहेको युएस बंगलाका सीईओ इमरान असिफले द स्टार डेलीलाई बताएका छन। 

'यदि नेपालको काठमाडौं टावरले सहि निर्देशन दिएको हो भने यत्तिका अनुभवी र जानकार चालक अबिदले विमान अवतरणको क्रममा अनौठो व्यवहार किन गरे ?' उनले स्टार डेलीसंगको कुराकानीमा शंका व्यक्त गरेका छन।

सार्वजनिक भएको अडियोमा टावरसंग चालकले नै कुराकानी गरेका छन। जबकी सामान्यतया अन्तराष्ट्रिय उडानको क्रममा सह चालकले टावरसंग कुरा गर्नेछन। सह चालकको ठाउँमा चालकले नै टावरसंग कुरागर्नुले प्रश्न र आशंका उब्जिएका छन। 

'चालक आफैले टावरसंग किन कुरागरेका होलान, जबकि को पाइलटले नै टावरसंग कुरा गर्ने गर्छन' एक पाइलटले बिजपाटिलाई भने, 'यसले के देखाउंछ भने सम्भवत: सह चालकले नै विमान अवतरण गर्दै थिन र पाइलटले टावरसंग कुरा गरेका हुन।'

नेपालको जस्तो जोखिमपूर्ण विमानस्थलमा विमान अवतरण गर्दा प्रमुख चालकले नै विमान अवतरण गर्नुपर्ने विमानको सामान्य नियम नै हो। के साच्चिकै को पाइलट प्रथुला रसिदले नै विमान अवतरण गरेकी हुन ? प्रश्न उब्जिएको छ।  

नयाँ र कम अनुभव भएकी को पाइलटले सम्भवत प्रमुख चालकलाई नै मिसगाइड गर्दा दुर्घटना भएको एक अन्तर्राष्ट्रिय विमानका चालकले आशंका गरेका छन।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना भएकै दिन मन्त्रिपरिषदको बैठक डाकेर ६ सदस्यीय जाँचबुझ आयोग गठन गर्न निर्देशन दिएका छन। पुर्वसचिब यज्ञ प्रसाद गौतमको अध्यक्षतामा गठिन गरिएको जाँचबुझ आयोगले बढीमा ५ महिना लगाएर विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ।  

विमान दुर्घटनासंग सम्बन्धित कयौं विषयहरु अनुत्तरित छन। जति पनि विचार र भनाईहरु बाहिर आएका छैन, ति सबै अनुभव र अनुमानका आधारमा आएका छन। सम्भवत यसको सहि उत्तर अब ब्याल्क बक्ससंग मात्र छ। 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved