'पदमुक्त' पराजुली सर्वोच्चमा अनुपस्थित, वरिष्ठतम् न्यायाधीश जोशीद्वारा पेशी तोकियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 08:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

न्यायपरिषदले ‘पदमुक्त’ गरेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सर्वोच्चमा अनुपस्थित भएका छन। न्याय परिषद सचिवालयले पराजुलीलाई  अवकाश भइसकेको पत्र पठाएपछी उनी सर्वोच्च अदालत नजाने मनस्थिति बनाएका थिए।

बुधबार साँझ बिबिसी सेवासंगको कुराकानी र बिहिबार बिहान विभिन्न मिडियालाई दिएको अन्तर्वार्तामा पराजुलीले सर्वोच्च अदात जाने बताएका थिए। तर सर्वोच्चमा जाँदा दुई दुई जना प्रधानन्यायाधीश हुने देखिएकाले पराजुलीले सर्वोच्च अदालत नजाने मनस्तिथिमा पुगेको स्रोतको भनाई छ। 

पराजुली ‘पदमुक्त’ भएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै बिहीबारको पेसीसमेत तोकेका छन।

बिहिबार साँझ अबेर गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका पराजुलीले त्यहाँबाट सकारात्मक जवाफ नपाएपछी सर्वोच्च अदालत नजाने मनस्तिथिमा पुगेको हुन सक्ने स्रोतको भनाई छ।  

    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved