एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको औपचारिक घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 07:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको औपचारिक घोषणा गरेका छन्। बिहिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टी एक भएको घोषणा गरिएको हो  ।

एकीकृत पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' रहेको छ भने  पार्टीको मार्गदर्शक सिद्धान्त 'मार्क्सवाद-लेनिनवाद' रहने छन  । एकीकृत दलको तत्कालीन कार्यनीति 'जनताको जनवाद' हुनेछ। यस अघि एमालेले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको थियो भने माओवादी केन्द्रले  मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मानेको थियो।

 
एकिकृत पार्टीको चुनाव चिन्ह 'सूर्य' हुने छ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। जसमा एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जनाको प्रतिनिधित्व हुनेछ। यस्तै स्थायी समिति ४५ सदस्यीय हुने बताइएको छ।
पार्टीमा सबैभन्दा माथिल्लो निकाय सचिवालय हुनेछ। त्यसमा केपी ओली, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल रहनेछन्। ओली र दाहालपछि नेपाल र खनाल वरिष्ठ नेताका रूपमा रहनेछन् भने श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव भएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved