रुकुम पूर्वको सिस्नेमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका – ५ धारापानीमा रुकमकोटबाट धौलापैरा हिडेकोे लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
मृत्यु हुनेमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा र बाँकेकी ललिता परियार रहेका छन् । दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । ११ जना यात्रु सवार जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।