जल तथा मौसम बिज्ञान बिभागले आजदेखि ३ दिनसम्म लगातार देशैभरी बर्षा हुने पूर्वानुमान गरेको छ । बिभागले सोमबार दिउँसो र राती धेरै स्थानमा मध्यम बर्षा हुने जनाएको हो । सोमबार दिउसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना रहेको र राति मध्य र पश्चिमि क्षेत्रका एक वा दुई स्थानमा पनि भारि बर्षाको सम्भावना रहेको बिभागले जानकारी दिएको छ।
त्यस्तै श्रावण २२ गते (मगलबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। मंगलबार राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
देशैभरका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ । कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउंसो सम्म सतर्कता आसपास हुने संभावना छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन बिभागले आग्रह गरेको छ । दाङ, बाँके, बर्दिया, कैलाली, शुर्खेत , झापा, मोरङ, सिन्धुली लगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरूमा आकश्स्मक बाढीको सम्भावना छ । त्यसैगरी देशैभर पहाडी क्षेत्रमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेकोले पहाडका साना खोलाहरुमा बहाब एक्कासी बढ्न सक्ने बिभागले जानकारी दिएको छ ।
बिभागले काठमाडौँ स्थित बाग्मती-खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको जानकारी दिएको छ । बिहान ८ बजेको मापदन अनुसार काठमाडौं उपत्यकाका नख्खु,मनोहरा,बागमती,धोवीखोला,विष्णुमती लगायतमाबहाब बढ्दो रहेको छ । होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बागमती तराइको क्षेत्रमा दिउसो २ बजे तिर सतर्कता तह नजिक पुग्न सक्ने बिभागको अनुमान छ।