नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आफ्ना माग पुरा नभए पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएको छ । संघले बुधवार १८ बुँदे माग राख्दै नेपाल अायल निगम थानकाेट डिपाेमा काेण सभा गर्दै यस्तो चेतावनी दिएको हो ।
संघले पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने, न्यूनतम १० लाख सम्मकाे जाेखिम विमा हुनुपर्ने, लबल लस कट्टाकाे ब्यवस्था खारेज हुनुपर्ने, याेगदानका अाधारमा सञ्चयकाेषकाे ब्यवस्था हुनुपर्ने लगायतका १८ बुँदे माग अगाडी सारेको छ ।
संघले यस अघि भाद्र ३ गते वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई १८ बुँदे ज्ञापन पत्र बुझाएको थियो । संघले भदौ ३० गतेसम्म आफ्ना माग पुरा नभए ३१ गतेबाट ढुवानी ठप्प पार्ने चेतावनी दिएको हो ।