डिजेल र मट्टीतेल ४५ महिना यता कै महँगो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 10:53:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले बुधबार पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि डिजेल र मट्टीतेल ४५ महिना यता कै महँगो भएको छ  । निगमले बुधबार  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु ३   वृद्धि गर्ने निर्णय गरेको हो। यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर  १ हजार ४ सय रुपैयाँ कायम भएको  छ। 

मूल्य वृद्धि संगै  डिजेल र मट्टीतेल ४५ महिना यता कै महँगो भएको छ । यस अघि डिजेल र मट्टीतेलको मूल्य २०७१ साल मङ्सिरमा प्रति लिटर ९७.५० रुपैयाँ रहेको थियो । त्यसपछि पहिलो पटक अहिले डिजेलको मूल्य ९८ रुपैयाँ पुगेको हो । 

बढेको मूल्य बुधबार मध्यरातदेखि नै लागु हुने निगमले स्पष्ट पारेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved