काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त उद्घाटन गरे ।
यसैगरी जनकपुरदेखि पटना आगामी आइतबारदेखि सिधा बस सेवा सुरू हुनेछ । प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्ने कार्यक्रम छ । स्वयम्भू मञ्जुश्री यातायातप्रा.लि.ले भारतकानयाँ क्षेत्रमायातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । बसको टिकट वेभसाईडका अलवा इसेवा, आइएमइ पे, इ प्रभु तथा एनआइसी एसिया बैंक मार्फत् समेत काट्न सकिने जनाईएको छ ।