१० वटै संसदीय समितिमा निर्बिरोध सभापति चयन (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 05:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरुको सभापति चयनको लागि निर्वाचन गर्नु नपर्ने भएको छ । दशै समितिका सभापतिमा एक एक जनाको मात्र मनोनयन परेपछि सबै समितिका सभापति निर्विरोध चयन भएका हुन्। सभापति चयनको औपचारिक घोषणा निर्वाचन कार्यतालिका अनुसार शुक्रबार मात्र हुनेछ  

शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । शपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण गर्ने छन् । हाल हरेक समितिका जेष्ठ सदस्यले सभापतिको भूमिकामा कम गर्दै आएका थिए  । 

१० समिति मध्ये कांग्रेसले लेखा समिति पाएको छ भने संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व गर्ने भएको छ  ।  पहिलोपटक संसदीय समितिमा ६ जना महिला नेतृत्व आएका छन् 

कुन समितिमा को ? सुची सहित 

अर्थ समिति –कृष्णप्रसाद दाहाल-  नेकपा 

अन्तर्राष्ट्रिय सम्बन्ध समिति –पवित्रा निरौला खरेल -  नेकपा 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित –विमल श्रीवास्तव-  फोरम  

कानुन न्याय तथा मानव अधिकार –कृष्णभक्त पोखरेल-  नेकपा 

कृषि सहकारी तथा प्राकृतिक स्रोत –पूर्णकुमारी सुवेदी-  नेकपा 

राज्य व्यवस्था तथा सुशासन –शशी श्रेष्ठ-  नेकपा 

विकास तथा प्रविधि –कल्याणी खड्का-  नेकपा 

महिला तथा सामाजिक –निरुदेवी पाल-  नेकपा 
 
शिक्षा तथा स्वास्थ्य – जयपुरी घर्ती-  नेकपा 

सार्वजनिक लेखा समिति - भरतकुमार साह  -कांग्रेस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved