छिमेकि मुलुक भारतमा पेट्रोलियम पदार्थको मूल्य हाल सम्म कै उच्च बिन्दुमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा मूल्य तेलको बढेको र भारतीय रुपैयाँ कमजोर हुने क्रम जारी गर्दा पेट्रोलियम पदार्थको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको हो ।
टाइम्स अफ इंडियाका अनुसार सोमबार मूल्य बढेपछि मुम्बईमा पेट्रोलको मूल्य ९० रुपैयाँ माथि पुगेको छ । दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर ८२.७२ र डिजेलको मूल्य प्रति लिटर ७४.०२ रुपैयाँ पुगेको छ ।
भारत बिश्व कै तेस्रो ठुलो कच्चा तेल आयातकर्ता हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेपछि खुद्र बिक्रि मूल्य पनि बढेको हो । ब्रेंट कच्चा तेल प्रति ब्यारेल ७१ डलरबाट बढेर ८० डलर प्रति ब्यारेल पुगेको छ ।
भारतमा हरेक राज्यले पेट्रोलियम पदार्थ आफु अनुसार विभिन्न प्रकारका कर लगाउन पाउछन । सोहि कारण भारतमा राज्य अनुसार मूल्य फरक पर्ने गरेको छ ।
नेपालले आफुलाई आवश्यक पर्ने सबै तेल भारतबाट आयात गर्ने गरेको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढ्ने आंकलन गरिएको छ ।
भारतले हरेक १५-१५ दिनमा पठाउने मूल्य सुची अनुसार नेपाल आयल निगमले नेपालमा मूल्य तय गर्ने गरेको छ । नेपालमा पछिल्लो पटक असोज १ गते मूल्य समायोजन भएको थियो। १ गतेदेखि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ बढेको थियो । नयाँ मूल्यअनुसार नेपालमा पेट्रोल प्रति लिटर १ सय १४ , डिजेल र मट्टीतेल प्रतिलिटर १ सय १ रुपैयाँमा बिक्रिवितरण भईरहेको छ ।
बढेको मूल्यमा पनि निगमले आफुलाई घाटा हुने बताउदै आएको छ । भारतमा मूल्य बढ्ने क्रम नरोकिएकोले नेपालमा पनि मूल्य बढ्न सक्छ ।