रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 08:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) अन्तर्गतका प्रदेश १,२,३ का ५४ वटा रोटरी क्लबका नयाँ सदस्यहरुलाई नयाँ सदस्य अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा ९० जना नयाँ रोटरी सदस्यहरुको सहभागिता थियो। 

सहभागीहरुलाई रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का जिल्ला गभर्नर रोटरियन चिन्तामणी भट्टराइ, जिल्ला गभर्नर नोमिनी रोटरियन राजिव पोखरेल, तत्कालिन जिल्ला गभर्नर रोटरियन सञ्जय गिरि, रोटरियन र्थिमान शाक्य, रोटरियन जयाराज्यलक्ष्मी शाह र टिआरएफ चेयर रोटरियन जितेन्द्र राजभण्डारी तथा जिल्ला कार्यक्रम समिति अध्यक्ष रोटरियन राजेन्द्र लाल श्रेष्ठले सहभागीहरुलाई ओरिन्टेशन दिए

कार्यक्रममा सहजकर्ताको भूमिकामा कार्यक्रम आयोजक कमिटिका सदस्यहरु रोटरियन हेमा अधिकारी, रोटरियन शम्भू आम्गाई, रोटरियन कामी शेर्पा, रोटरियन अमित गिरी र रोटरियन सन्तोष बास्तोला थिए। सो अभिमुखीकरण कार्यक्रमको संचालिका जिल्ला सदस्य समिति अध्यक्ष रोटरियन मन्जू कार्की लामिछानेले सहभागीहरुलाई मायाको चिनो प्रदान गरिन। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved