गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय पदमुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 05:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायलाई पदमुक्त गरेको हो।  

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्ववर्ति शेर बहादुर देउवा सरकारले भदौ १४ गतेपछि गरेका राजनितिक नियुक्ति बदर गरेपछि उपाध्याय बर्खास्तीमा परेका थिए। पछि उनले आफुलाई हटाउने निर्णय कानुन विपरित जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

कागज खरिदमा अनियमितता गरेको भनेर छानविन चलिरहेका बेला उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि सरकारले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो। 

दशौं तहमा कार्यरत उपाध्याय २०७४ मङ्सिर २५ गते गोरखापत्र संस्थानको महाप्रवन्धकमा नियुक्त भएका थिए। महाप्रवन्धक हुनु भन्दा पहिले उनी गोरखापत्र दैनिकको कार्यकारी सम्पादकमा काम गर्दै आइरहेका थिए। गोरखापत्र संस्थानको महाप्रवन्धकका लागि खुला प्रतिस्पर्धाका लागि आह्वान गरेअनुरुप प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट गरी उपाध्यायलाई ४ बर्षका लागि महाप्रवन्धकमा नियुक्त गरिएको थियो।  

हिन्दू, जनमञ्च, नेपाल जागरण, राजधानी साप्ताहिकबाट प्रारम्भिक पत्रकारिता शुरु गरेका उपाध्यायले २०४८ फागुनमा गोरखापत्रमा उपसम्पादकबाट सेवा प्रवेश गरेका थिए । गोरखापत्र संस्थानबाट प्रकाशित हुने युवामञ्च, मधुपर्क, मनोरम अप्सरा मासिकका सम्पादक तथा सम्पादनको जिम्मेवारी समेत सम्हालेका उपाध्याय गोरखापत्र सञ्चालक समितिको सदस्य तथा सञ्चालक समितिको सचिवको समेत जिम्मेवारीको पदमा रही कार्य गरिसकेका छन् । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved