'वाइडबडीको कागजपत्र असन बजारमा बाड्ने सोच बनाएको थिए'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 05:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिदबारे संसदीय समितिमा कड्किएका छन। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा धेरैले विमान खरिदबारे प्र्सहं गरेको भन्दै कड्किएका हुन् । 

वाइडबडी खरिद गरेको प्रमाण आफुसंगै रहेको भन्दै उनले कागजातहरु असन बजारमा लगेर बाड्नु पर्ने हो भन्दै प्रश्न गरेका थिए ।  उनले प्रमाण असन बजारमा लगेर बाँडिदिने सोच बनाएको तर, कानूनले नमिल्ने भएकाले त्यसको नगरेको भन्दै मजाक समेत गरे । 

संसदीय समितिलाई ‘असन बजार’ भन्ने शब्द प्रयोग गरेर अवहेलना गरेको भन्दै नेकपा सांसद भिम रावल कंसाकारे माफी माग्नु पर्ने बताएका थिए । रावलको आपत्तिपछि महानिर्देशक कंसाकारले आफूले सम्मानित समितिलाई त्यस्तो नभनेको भन्दै माफी मागे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved