विमान खरिद प्रकरणबारे छानबिन गर्न उपसमिति गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 05:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न तीन संसदीय उपसमिति गठन भएको छ । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस बिषयमा छलफल गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो । प्रकासमान सिंहकाे संयाेजकत्व रहेकाे उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य रहेका छन् ।उपसमितिले  एक महिनाभित्र समितिलाई प्रतिवेदन बुझाउनु पर्ने छ  ।

शुक्रबारको बैठकमा सांसदहरुले पर्यटनमन्त्री रवीन्द्र अधिकारी र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफल गरेका थिए । बैठकमा मन्त्री अधिकारीले आफु मन्त्री हुनु अगाडी नै यो बिषय टुंगो लागेकोले विमान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको तर छानविनमा सहयोग गर्ने प्रतिबद्दता जाहेर गरिएका थिए । त्यस्तै  निगमका अधिकारीहरुले पनि संसदीय समितिले गर्ने छानबिनमा सहयोग गर्ने आश्वासन दिएका छन्। 

'वाइडबडीको कागजपत्र असन बजारमा बाड्ने सोच बनाएको थिए'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved