७० करोडको किर्ते काण्ड: २ उप रजिष्टारसहित १२ बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 11:07:48 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका २ उप रजिष्टारसहित १२ जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। आयोगले शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको ७० करोड बराबरको शेयर नामसारी गर्दा किर्ते गरेको आरोपमा उनीहरुबिरुद्द मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । 

शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक रामनिरञ्जन जटियाको किर्ते लिखत तयार गरी अर्कै व्यक्तिको नाममा शेयर हस्तान्तरण गरेको अख्तियारको दावी छ । जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जितबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएको अख्तियारले दावी गरेको छ । 

मुद्दा दायर हुनेमा कम्पनि रजिष्टारको कार्यालयमा कार्यरत उप रजिष्टारद्वय गंगाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई रहेका छन् । त्यस्तै उनीहरुसँग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गर्ने जितबहादुर मगर, राजन प्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरज कुमार मानन्धर र प्रकाश बिक्रम मिश्र बमोजिम पनि मुद्दा दायर भएको छ ।

सम्बन्धित समाचार:

१२ लाखको लोभले यसरी फसे कम्पनी रजिष्टारका आधा दर्जन उच्च कर्मचारी


यसरी पर्दाफास भयो कम्पनी रजिष्टारका कर्मचारीको ७० करोडको किर्ते काण्ड



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved