विवेकशील साझा पार्टी फुटेको छ । उज्वल थापाले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ ।
थापा विवेकशील साझा पार्टीका संयोजक थिए । अर्का संयोजक रविन्द्र मिश्रसँग मतभेद भएपछि उनले पार्टी फुटाएका हुन । थापा समूहका प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल सहित ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।