राष्ट्रिय सभाबाटपनि चिकित्सा शिक्षा विधेयक स्वीकृत, कांग्रेस हेर्याहेर्यै'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 02:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको तेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।  शिक्षामन्त्रीको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै अब सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउनका लागि ७२ घण्टाको समय दिइएको छ। राष्ट्रिय सभाको आगामी बैठक माघ १७ गतेका लागि बोलाइएको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved