शहिदलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने संकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन। शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। 

“हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भने  “अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन।” 

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे,“हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं ” प्रधानमन्त्री ओलीले भने “अब अवस्थामा पनि  समानता स्थापित गर्ने चरणमा हामी छौं ।” 

प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए। “नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ” प्रधानमन्त्री ओलीले भने “मानिले यस देशलाई गरिब बनाउनु हुदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले सबैलाई लोभ,लालच र भ्रष्टाचार त्याग्न आग्रह समेत गरे। “आज सहीद दिवशको दिन, आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगरौ, देशको सबभन्दा ठुलो समस्या भ्रष्टाचार हो, यसबाट देशलाई मुक्त गरौं ।” सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 


 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved