शनिबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति करिब ८ बजेर ३४ मिनेट जाँदा काठमाडौंमा भूकम्पको कडा धक्का महसुस भएको हो।
भूकम्पको झड्कासंगै काठमाडौं पेप्सीकोला लगायतका केहि स्थानमा स्थानीयहरु घरबाहिर निस्किएका छन। शनिबार रातिको भूकम्प किर्तिपुर केन्द्रबिन्दु भएर गएको र ४ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीकाले जनाएका छन।