१५७ जनाको मृत्यु भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपलीको पहिचान खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 08:36:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेकी छिन् । उनी इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन्। उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत थिइन ।

उनले यस अघि नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा काम गरेकी थिइन् । नेपालमा आएको २०७२ को भूकम्पपछि उनी विश्व खाद्य कार्यक्रमको ‘आपतकालीन राहत कार्यक्रम’मा संलग्न थिइन्। 

उनी खाद्य कार्यक्रमअन्तर्गत इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याकाे नैरोबीमा आयाेजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गरेकाे खुलेकाे छ। विमान दुर्घटनामामा ३५ देशका नागरिक तथा एक राष्ट्र संघ प्रतिनिधिकाे पनि मृत्यु भएकाे छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved