अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भरतपुरका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बिद्यार्थीहरुले आफुनो खुत्रुकेमा भएको रकमलाई सहयोग स्वरुप धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरेका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन फाउन्डेसनले चितवनमा खुत्रुके अभियान सञ्चालन गरेका छन् । सोहि अनुरुप भरतपुरको सनराईज इंलिस स्कुलबाट अभियान सुरु गरेका छन् । जस अन्तर्गत ज्ञानदर्शन बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीले १० देखि १५ हजारसम्म सहयोग गरेका छन् ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले प्याब्सन र हिसानसँग चरणबद्ध छलफल गरेर खुत्रुके सहयोग महाअभियानको सुरुवात गरिएको बताएका छन् ।